तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा १ हजार ३०० मिटर सडक कालोपत्रे गर्ने तयारीस्वरूप स्थलगत सर्वे सम्पन्न गरिएको छ।
सङ्घीय सरकारबाट विनियोजित ५ करोड रुपैयाँ बजेटअन्तर्गत निर्माण हुन लागेको आँबु–भागे–छिम्केश्वरी–हिलेखर्क–बाहुनभञ्ज्याङ–बन्दीपुर सडक सञ्जालको तेस्रो खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका–५ स्थित चरापानी खोला (जिरो किलोमिटर) देखि वडा नं. ६ को घलेडाँडा आसपाससम्म करिब १ हजार ३०० मिटर सडक कालोपत्रेका लागि मंगलबार स्थलगत सर्वे सम्पन्न भएको हो।
सडक डिभिजन कार्यालय, दमौलीको प्राविधिक टोलीले सडकको वर्तमान अवस्था, क्षेत्रफल तथा निर्माणका लागि आवश्यक प्राविधिक पक्षहरूको स्थलगत अध्ययन गरेको जनाएको छ।
उक्त सडक खण्ड कालोपत्रे भएपछि स्थानीयवासीको आवागमन थप सहज हुने, यातायात सेवा प्रभावकारी बन्ने तथा क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्थलगत सर्वे सम्पन्न भइसकेकाले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी निर्माण कार्य शीघ्र अघि बढाइने बताए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन