काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक गोविन्द पौडेल र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘मेरी माया नाचिदेउ छम छम’ सार्वजनिक भएको छ ।
तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा प्रेमी–प्रेमिकाबीचको प्रेम, माया र सम्बन्धलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा गोविन्द पौडेलकै शब्द तथा लय रहेको छ भने मिक्सटेप इन्टरटेण्डमेन्टले गीतलाई बजारमा ल्याएको हो ।
पछिल्लो समय भारतमा रहेर सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका पौडेलले प्रवासमा रहे पनि नेपाली लोकदोहोरीप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका छन् । विभिन्न सांगीतिक गतिविधिमा सक्रिय रहँदै आएका पौडेलले नयाँ सिर्जनामार्फत नेपाली दर्शक–श्रोतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् ।
‘मेरी माया नाचिदेउ छम छम’मा पौडेलसँगै शान्ति श्री परियारको स्वरले गीतलाई थप आकर्षक बनाएको छ । तीजको मौलिक वातावरण, प्रेमिल भाव र नाच्न मन लाग्ने लयलाई समेटिएको गीतले तीजको सांगीतिक माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ ।
गीतको भिडियोमा स्वयता विश्वकर्मा र सुरेश कोहलीले अभिनय गरेका छन् । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध र भावनालाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतका निर्माता देव र विकास रहेका छन् ।
प्रवासमा रहेर पनि नेपाली गीत–संगीत र विशेषगरी लोकदोहोरीलाई निरन्तरता दिइरहेका गोविन्द पौडेलको यो नयाँ सिर्जनाले स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शक–श्रोतालाई जोड्ने अपेक्षा गरिएको छ ।
तीजको रमझममा नाच्न र रमाउन चाहने दर्शक–श्रोताका लागि ‘मेरी माया नाचिदेउ छम छम’ यस वर्षको तीजमा नयाँ सांगीतिक रोजाइ बन्ने विश्वास गरिएको छ ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु