काठमाडौं — हरितालिका तीज नजिकिँदै गर्दा तीज केन्द्रित गीत–संगीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका सन्तोषी सुनारको तीज विशेष गीत ‘पोईला हिन्दिम होला’ सार्वजनिक भएको छ।
राजु आर.डी. र सन्तोषी सुनारको स्वर रहेको गीतमा प्रेमसम्बन्ध र विवाहसँग जोडिएको विषयलाई रमाइलो तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। मन परेको युवक–युवतीबीच प्रेम गर्ने कि विवाह गर्ने भन्ने दोधार र त्यस क्रममा भगवान् शिवसँग सल्लाह मागिएको प्रसंगलाई गीतको कथावस्तु बनाइएको छ।
गीतमा राजु आर.डी.को शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा मदन खड्काको कथा, निर्देशन तथा कोरियोग्राफी, वीरेन्द्र भट्टको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।
भिडियोमा राजु आर.डी., नारायणी खत्री, सरेश कोली र रचु न्यौपानेको अभिनय छ। तीजको सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर तयार पारिएको गीत सन्तोषी सुनारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
तीज नजिकिँदै गर्दा सार्वजनिक भएको ‘पोईला हिन्दिम होला’ ले दर्शक–श्रोताको साथ पाउने निर्माण पक्षको अपेक्षा छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने