काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक रमझम र सांगीतिक उत्साह समेटिएको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ।
पुजन काफ्लेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा जिआर बानियाँको संगीत रहेको छ भने शब्द र स्वर पुजन काफ्लेकै रहेको छ। पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैया देवी काफ्लेको निर्माणमा तयार भएको गीतलाई सन्तोष प्रगाढले एरेन्ज गरेका हुन्।
गीतको भिडियो शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको हो। भिडियोमा विना राउतले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् भने कोरियोग्राफीमा दिपेश एसकेले सहयोग गरेका छन्।
तीजको मौलिक संस्कृति, नाचगान र पर्वीय वातावरणलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा नेपाली महिलाहरूको उत्साह र तीजको सांस्कृतिक पक्षलाई सरल तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
दिपाल गिरीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका हुन्।
मौलिक शब्द, सरल प्रस्तुति र नृत्यमय भिडियोका कारण ‘तीजको लहर आउँदा बरिलै’ तीजको सांगीतिक माहोलमा दर्शक–श्रोताको रोजाइमा पर्न थालेको निर्माण पक्षको दाबी छ। गीतले तीजको रमझमलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने