काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक रमझम र सांगीतिक उत्साह समेटिएको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ।
पुजन काफ्लेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा जिआर बानियाँको संगीत रहेको छ भने शब्द र स्वर पुजन काफ्लेकै रहेको छ। पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैया देवी काफ्लेको निर्माणमा तयार भएको गीतलाई सन्तोष प्रगाढले एरेन्ज गरेका हुन्।
गीतको भिडियो शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको हो। भिडियोमा विना राउतले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् भने कोरियोग्राफीमा दिपेश एसकेले सहयोग गरेका छन्।
तीजको मौलिक संस्कृति, नाचगान र पर्वीय वातावरणलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा नेपाली महिलाहरूको उत्साह र तीजको सांस्कृतिक पक्षलाई सरल तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
दिपाल गिरीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका हुन्।
मौलिक शब्द, सरल प्रस्तुति र नृत्यमय भिडियोका कारण ‘तीजको लहर आउँदा बरिलै’ तीजको सांगीतिक माहोलमा दर्शक–श्रोताको रोजाइमा पर्न थालेको निर्माण पक्षको दाबी छ। गीतले तीजको रमझमलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक