logo

शनिबार, भाद्र २० २०८३

kantipurpationlinetv

२०८३ भाद्र २० शनिबार

९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड सम्पन्न, प्रजापती पराजुलीदेखि प्रकाश सपुतसम्म सम्मानित

९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड सम्पन्न, प्रजापती पराजुलीदेखि प्रकाश सपुतसम्म सम्मानित


  • आइतबार, भाद्र ७ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । ‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा ‘९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ सम्पन्न भएको छ ।

    भदौ ६ गते शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रजापती पराजुली, नारायण रायमाझी, बीबी अनुरागी, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर, संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गायक खड्ग गर्बुजा, लोक स्वरसम्राट राजु परियारलगायत कलाकार तथा संगीत क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

    अवार्डमा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष तथा वरिष्ठ गायक प्रजापती पराजुलीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । यस्तै सदाबहार लोकगीततर्फ ‘सल्लाई हो जोबन, कल्लाई हो’बाट अग्रज गायिका ज्ञानु राणा, संस्थागत सम्मानबाट चन्द्र शर्मा र ‘दशकका स्रष्टा’बाट गायिका देवी घर्ती मगर सम्मानित भए ।

    देशप्रेमी गीततर्फ ‘मेरो पनि हैन र यो देश’बाट प्रकाश सपुतलाई सम्मान गरिएको थियो । यस्तै लोक पत्रकारिता सम्मानबाट कमल सरगम, व्यावसायिक सम्मानबाट अशोक गिरी, दोहोरी साँझ सम्मानबाट मदन परियार र कलाकार सम्मानबाट घनश्याम रिजाललगायत सम्मानित भए ।

    कार्यक्रमका अध्यक्ष प्रसाद लामिछानेले अग्रज तथा अनुज स्रष्टालाई एउटै मञ्चमा सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । आगामी दिनमा सबैको साथ र सहयोग पाए अवार्डलाई थप परिमार्जन गर्दै नेपाली लोकदोहोरी क्षेत्रकै नमुना कार्यक्रम बनाउने उनले प्रतिबद्धता जनाए ।

    ‘९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ को मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको थियो भने लर्ड पार्टी प्यालेस र पृथ्वी इन्टरटेनमेन्ट प्रायोजकका रूपमा रहेका थिए । उपत्यका समन्वय समितिअन्तर्गतका १० वटै समिति सह–आयोजक रहेका थिए ।

    कार्यक्रममा शिव हमाल, प्रीति आले र दिनेश क्षेत्रीले सहजीकरण गरेका थिए । अवार्डको जुरी निर्णायक संयोजकमा उपत्यका समन्वय समितिका परिकल्पनाकार तथा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझी रहेका थिए । कार्यक्रम नेपाली नेटवर्क टेलिभिजनसहित विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

    ९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३ मा अवार्ड प्राप्त गर्न सफल ब्यक्तिहरुको नामावली यसप्रकार छः  

    १, सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका – बेलीमाया पुलामी
    २, सर्बाेत्कृष्ट दोहोरी साँझ गायक – संगम गुरुङ
    ३, सर्बाेत्कृष्ट प्रतियोगी गायिका – सपना रोका
    ४, सर्बाेत्कृष्ट प्रतियोगी गायक – निशान्त बिक
    ५, सर्बाेत्कृष्ट परम्परा गीत – ईश्वर सिंह – सुनिमाया (पञ्चेबाजा)
    ६, सर्बाेत्कृष्ट सम्पादक – मिलन बिश्वकर्मा – स्याउली बजारमा
    ७, सर्बाेत्कृष्ट छायांकन – प्रकाश खड्का – छुकछुके रेलैमा
    ८, सर्बाेत्कृष्ट रेकर्डिस्ट – सुमन राना – पानी परेको
    ९, सर्बाेत्कृष्ट ध्वनी मिश्रण – खड्ग बाजुराली – माकुरीको जाल
    १०, सर्बाेत्कृष्ट एरेञ्जर – कृष्ण केसी – छैन र माया
    ११, सर्बाेत्कृष्ट अभिनय निर्देशक – मौसम हिमाली – तल्लो बाटो
    १२, सर्बाेत्कृष्ट नृत्य निर्देशक – जेरी भण्डारी – मानुङ कोटैमा
    १३, सर्बाेत्कृष्ट नायक अभिनय – बिमल अधिकारी – सम्झेर तिमिलाई
    १४, सर्बाेत्कृष्ट नायिका अभिनय – जुना बिश्वकर्मा – घागो चङ्गा
    १५, सर्बाेत्कृष्ट नायक नृत्य – बिजय पुन – युके बस्ने दाई
    १६, सर्बाेत्कृष्ट नायिका नृत्य – नारायणी खत्री – करिमै
    १७, सर्बाेत्कृष्ट लोक गीत – सुरेश खत्री – ए आमा
    १८, सर्बाेत्कृष्ट लोक दोहोरी गीत – सुदिप अधिकारी – घुमाउने घर पोखरामा
    १९, सर्बाेत्कृष्ट लय नन्दु परियार – स्याउली बजारमा
    २०, सर्बाेत्कृष्ट शब्द – बिक्रमबाबु बिश्वकर्मा – गण्डकी
    २१, सर्बाेत्कृष्ट नव गायिका – शान्ती श्रीष मगर – युके बस्ने दाई
    २२, सर्बाेत्कृष्ट नव गायक – सित्तल गुरुङ – भागौला त्रिशुली तरेर
    २३, सर्बाेत्कृष्ट गायक – खेम सेञ्चुरी – तल्लो बाटो
    २४, सर्बाेत्कृष्ट गायिका – शान्तारानी परियार – स्याउली बजारमा
    २५, सर्बाेत्कृष्ट लोक दोहोरी प्रोत्साहन अवार्ड – अशिम चन्द्र बिश्वकर्मा
    २६, सर्बाेत्कृष्ट जुरी अवार्ड – बाल कुमार श्रेष्ठ
    २७, सर्बाेत्कृष्ट पब्लिक च्वाईस अवार्ड – दिपिका बयम्भु मगर

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page