काठमाडौं, श्रावण ११ –नेपाली चलचित्र क्षेत्रकी ख्यातिप्राप्त अभिनेत्री, निर्देशक तथा निर्माता दीपाश्री निरौलाले आश्रम निर्माणका लागि ५१ हजार रुपैयाँ सेवा दान गरेकी छन्। शनिबार पशुपतिनाथ मन्दिर परिसरमा जारी “श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ” मा दर्शनका लागि पुगेकी निरौलाले दान अर्पण गरेकी हुन्।
उक्त महायज्ञ मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजना गरिएको हो, जसको उद्देश्य “मामाघर आश्रम” र “छोरीको घर ज्येष्ठ नागरिक आश्रम”को आफ्नै भवन निर्माणको सहयोग जुटाउनु रहेको छ। हाल ती दुबै आश्रम भाडाको घरमा सञ्चालन भइरहेका छन्।
दीपाश्री निरौला आफ्ना बुवासँग महायज्ञ दर्शनमा पुगेकी थिइन्। उनले स्वर्गीय आमाको सम्झनामा ५१ हजार रुपैयाँ सेवा दान गरेकी हुन्। त्यस्तै, उनले महायज्ञको सफलताको कामना गर्दै सामाजिक सेवामा लाग्नेहरूको मनोबल बढाउने खालको सन्देशसमेत दिइन्।
मानव सेवा फाउण्डेसनद्वारा आयोजित महायज्ञ श्रावण १ गतेदेखि सुरु भई भाद्र २१ गतेसम्म सञ्चालन हुने बताइएको छ। फाउण्डेसनले विगत केही वर्षदेखि वृद्धवृद्धाहरूको सेवामा केन्द्रित रहेर आश्रम सञ्चालन गर्दै आएको छ।
दीपाश्री निरौलाले रेडियो नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। उनी तीतो सत्य टेलिचलचित्रमार्फत चर्चामा आएकी थिइन् भने छक्का पञ्जा निर्देशन गरेर नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने चलचित्र निर्माणमा समेत सफल भएकी छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण