
काठमाडौं — श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराते प्रतियोगितामा १६–१७ वर्षे उमेर समूहको +७६ केजी तौल वर्गमा स्वर्ण पदक जितेका अर्पण थापा मगरलाई पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेर बधाई दिएका छन्।
नारायणकाजीले अर्पणलाई शुभकामना दिदै भने, “देशको नाम उजागर गर्ने यस्तो युवा प्रतिभा हामी सबैका लागि गर्वको विषय हो।”
नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा चर्चित गायक दिप सागर थापा पनि कार्यक्रममा उपस्थित थिए। दिप सागर थापा स्वयं स्वर्ण पदक विजेता अर्पण थापा मगरका पिता हुन्। उनले भने, “अर्पण थापा मगर हाम्रो गाउँको गौरव हुन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराएका छन्।”
विजेता अर्पण थापालाई नेपाल कराते महासंघ गोरखा र शहीद लखन गाउँपालिका वडा नं. ७, बुकोटबाट पनि सम्मान गरिएको थियो। पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अर्पणलाई भेट्दा निकै हर्षित भएका थिए।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
धादिङका मानसिक बिरामी देवबहादुरलाई नेपाल युथ क्लबको २ लाख ३५ हजार सहयोग: सोम मगरको अभियानले पायो सार्थकता
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्