काठमाडौं — श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराते प्रतियोगितामा १६–१७ वर्षे उमेर समूहको +७६ केजी तौल वर्गमा स्वर्ण पदक जितेका अर्पण थापा मगरलाई पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेर बधाई दिएका छन्।
नारायणकाजीले अर्पणलाई शुभकामना दिदै भने, “देशको नाम उजागर गर्ने यस्तो युवा प्रतिभा हामी सबैका लागि गर्वको विषय हो।”
नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा चर्चित गायक दिप सागर थापा पनि कार्यक्रममा उपस्थित थिए। दिप सागर थापा स्वयं स्वर्ण पदक विजेता अर्पण थापा मगरका पिता हुन्। उनले भने, “अर्पण थापा मगर हाम्रो गाउँको गौरव हुन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराएका छन्।”
विजेता अर्पण थापालाई नेपाल कराते महासंघ गोरखा र शहीद लखन गाउँपालिका वडा नं. ७, बुकोटबाट पनि सम्मान गरिएको थियो। पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अर्पणलाई भेट्दा निकै हर्षित भएका थिए।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण