logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

निर्वाचनमा सिट दोस्रो भए पनि नीति र सिद्धान्त विजयी भएको महामन्त्री पौडेलको टिप्पणी

निर्वाचनमा सिट दोस्रो भए पनि नीति र सिद्धान्त विजयी भएको महामन्त्री पौडेलको टिप्पणी


  • आइतबार, चैत्र ८ २०८२
  • 1.3K
    SHARES

    ८ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याका आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन्।

    आज बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्। पौडेलका अनुसार, “सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्।” उनले नेपालमा ‘आयामिक परिवर्तन’ भएको उल्लेख गर्दै यसले समृद्धिको फराकिलो बाटो खोल्ने विश्वास व्यक्त गरे।

    उनले निर्वाचनको सकारात्मक पक्षका रूपमा मतदाताले प्रजातान्त्रिक उदारतालाई रोजेको बताएका छन्। साथै, विगतमा प्रणाली जोगाउन कम्युनिष्ट दलहरूसँग सहकार्य भए पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनी शासन र उदार अर्थतन्त्रको बाटोमा अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उनको भनाइ थियो।

    बैठकमा उनले सभापति गगन थापाको राजीनामाबारे पनि धारणा राख्दै उक्त राजीनामा उपयुक्त विकल्प नभएको बताए। उनले राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पारित हुनु केवल प्राविधिक निर्णय नभई सामूहिक नेतृत्व र एकताप्रतिको प्रतिबद्धता भएको उल्लेख गरे।

    पौडेलले नयाँ नेतृत्वकै ऊर्जाका कारण पार्टी हालको अवस्थामा आइपुगेको बताउँदै यसलाई निराशाको रूपमा नभई संगठन पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page