logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

झापा–५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस

झापा–५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस


  • शनिबार, पुष १८ २०८२
  • 15.2K
    SHARES

    आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

    आज बसेको नेकपा एमाले झापा क्षेत्र नम्बर ५ को बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै एमाले झापाका सचिव तुलसी कार्कीले ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको बताए।

    यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत ओली झापा–५ बाट उम्मेदवार बनेर विजयी भएका थिए।

    झापामा कुल पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्। ती सबै क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्न आज विभिन्न स्थानमा पार्टीका बैठकहरू आयोजना गरिएको जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page