logo

सोमबार, चैत्र ८ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ८ सोमबार

राजनीतिक नियुक्ति पाएकालाई मार्गप्रशस्त गर्न रास्वपाको आग्रह

राजनीतिक नियुक्ति पाएकालाई मार्गप्रशस्त गर्न रास्वपाको आग्रह


  • आइतबार, चैत्र ७ २०८२
  • 1.1K
    SHARES

    ८ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका व्यक्ति तथा पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

    रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले वर्तमान राजनीतिक परिवेशमा नयाँ सरकार गठन हुने तयारी भइरहेकाले प्रत्यक्ष राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

    उनले भने, “सिधै नियुक्ति पाएका पदाधिकारी र व्यक्तिले नयाँ सरकार बन्दै गर्दा मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ। जनताले पनि त्यस्ता नियुक्तिलाई रुचाएका छैनन्।”

    बुर्लाकोटीले यो विषय पार्टीको औपचारिक निर्णय नभई सरकारको कार्यक्षेत्रभित्र पर्ने विषय भएको स्पष्ट पारे। उनले मेरिटभन्दा बाहिर गएर भएका नियुक्तिहरू उपयुक्त नहुने पनि उल्लेख गरे।

    यद्यपि, योग्यता र प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले भने मार्गप्रशस्त गर्न आवश्यक नरहेको उनको भनाइ छ।

    उनले थपे, “मेरिटभन्दा बाहिर भएका नियुक्ति तथा प्रक्रिया मात्र पूरा गरेर गरिएका नियुक्तिहरूले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ।”


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech