logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सुरूमा देउवा र मेरो सम्पत्ति छानबिन हुन्छ, त्यसपछि ओली र प्रचण्डको- गगन थापा

सुरूमा देउवा र मेरो सम्पत्ति छानबिन हुन्छ, त्यसपछि ओली र प्रचण्डको- गगन थापा


  • सोमबार, फाल्गुन १८ २०८२
  • 5K
    SHARES

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताएका छन्।

    काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिए।

    उनले राजनीतिक नेतृत्वको सम्पती छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै कांग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गरे।

    थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

    ‘३२ सिट हुनेलाई पनि प्रधानमन्त्री चाहिने र थोरै सिट हुनेलाई पनि गृहमन्त्री नै चाहिने प्रवृत्तिले देश विकास हुन सकेन,’ उनले भने, ‘अबको ५ वर्ष हामी एक क्षण पनि खेर नफालिकन सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौं।’

    सभापति थापाले सुशासनका लागि कांग्रेसको स्पष्ट प्रस्ताव रहेको उल्लेख गर्दै सरकार बनेको पहिलो हप्तामै शक्तिशाली सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरे। उनले यो छानबिनको सुरूवात आफ्नै पार्टीका पूर्वसभापति र आफैबाट हुने पनि बताए।

    ‘छानबिन कहाँबाट सुरु हुन्छ ? पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हुन्छ, दोस्रोमा गगन थापाको हुन्छ। जब हामी आफ्नै नेताहरूको छानबिन गर्छौं, तब मात्र केपी ओली वा प्रचण्डको सम्पत्ति छानबिन गर्ने नैतिक बल पुग्छ।’

    उनले राजनीतिक र आर्थिक भ्रष्टाचार गर्ने जोकोहीले पनि दण्ड पाउनुपर्ने र यसका लागि कांग्रेसले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे।‍-न्युज एजेन्सी नेपाल।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page