काठमाडौँ । नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरेका थिए ।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ । नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
त्यसैगरी भुटानले भने ५ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री