काठमाडौं — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता गगन थापा पक्षलाई दिने दाबी गरेका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार वैधानिक रूपमा भएको बताएका छन्।
केसीले निर्वाचन आयोगले उक्त अधिवेशनलाई मान्यता दिइसकेको उल्लेख गर्दै सर्वोच्च अदालतले पनि सोहीअनुसार निर्णय दिने विश्वास व्यक्त गरे। उनले भने, “वैधानिक अधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ। पार्टी विधान र नियमअनुसार चल्ने भएकाले आयोगले निर्णय दिइसकेको अवस्थामा सर्वोच्चबाट पनि त्यहीअनुसार निर्णय आउँछ भन्ने हाम्रो विश्वास हो।”
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आन्तरिक विवादसम्बन्धी मुद्दामा आज फैसला सुनाउने अपेक्षा गरिएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी