logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

रास्वपा सचिवालय बैठक आइतबार: ६ एजेन्डामा केन्द्रित छलफल

रास्वपा सचिवालय बैठक आइतबार: ६ एजेन्डामा केन्द्रित छलफल


  • शनिबार, बैशाख ५ २०८३
  • 2.7K
    SHARES

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सचिवालय बैठक आह्वान गरेको छ। पार्टीका सभापति रवि लामिछाने ले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्नेगरी बोलाएको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।

    बैठकमा ६ प्रमुख एजेन्डामाथि छलफल हुने जनाइएको छ। तीमध्ये जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, साथै विज्ञ तथा योजना आह्वान रहेका छन्।

    त्यसैगरी ‘विविध’ शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग, तथा लेबीसम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page