लमजुङ। बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरेको एकीकृत प्रजनन रुग्णता स्वास्थ्य सेवा (स्क्रिनिङ) शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र ११ मा सञ्चालन गरिएको शिविरबाट १७५ जना महिलाले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गरेका छन्।
शिविरमार्फत महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श, परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखाले जनाएको छ। यस्ता कार्यक्रमले महिलाको स्वास्थ्य अवस्था सुधार, रोगको प्रारम्भिक पहिचान तथा जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
बेसीशहर नगरपालिकाले महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा प्रवाहका लागि यस्ता स्वास्थ्य कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह