logo

आइतबार, भाद्र २८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २८ आइतबार

क्व्होलासोंथारका दुर्गम गोठघरमा उज्यालो, गाउँपालिकाद्वारा सोलार सेट जडान

क्व्होलासोंथारका दुर्गम गोठघरमा उज्यालो, गाउँपालिकाद्वारा सोलार सेट जडान


  • शनिबार, असार ७ २०८२
  • 2K
    SHARES

    लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकाले राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका दुर्गम बस्तीका घर तथा गोठमा सोलार सेट वितरण तथा जडान गरेको छ।

    गाउँपालिकाको ‘उज्यालो कार्यक्रम’ अन्तर्गत वडा नं. २ को तिबिस्वाँरा क्षेत्रमा विद्युतीकरण हुन बाँकी रहेका घर तथा गोठलाई लक्षित गरी सोलार प्रणाली जडान गरिएको हो।

    गाउँपालिकाका अनुसार प्रति घर तथा गोठ सोलार प्यानल, ब्याट्री, कन्ट्रोलर, बत्ती तथा आवश्यक वायरिङ सामग्रीसहितको एक–एक सेट निःशुल्क वितरण गरी घरमै पुगेर जडान गरिएको छ। यस कार्यक्रमबाट बुद्धिमान परियार, दलबहादुर गुरुङ र सिंहबहादुर परियार प्रत्यक्ष लाभान्वित भएका छन्।

    सोलार वितरण तथा जडान कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडा नं. २ का वडाध्यक्ष खुसीमान गुरुङ, सूचना प्रविधि अधिकृत अनिल पौडेल, लेखा प्रमुख बसन्त पौडेल तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

    गाउँपालिका अध्यक्ष गुरुङले दुर्गम क्षेत्रमा आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताउँदै विद्युत् सेवा नपुगेका बस्तीमा वैकल्पिक ऊर्जा विस्तारलाई निरन्तरता दिइने बताउनुभयो।

    गाउँपालिकाका अनुसार सोलार प्रणाली जडानसँगै स्थानीय कृषक तथा पशुपालकको दैनिक जीवनयापन, रात्रिकालीन सुरक्षा तथा पशुपालन व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

    क्व्होलासोथार गाउँपालिकाले आगामी दिनमा पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका बस्तीमा वैकल्पिक ऊर्जा कार्यक्रमलाई विस्तार गर्दै दुर्गम क्षेत्रमा आधारभूत सेवाको पहुँच बढाउने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page