logo

बिहिबार, असार २५ २०८३

kantipurpationlinetv

२०८३ असार २५ बिहिबार

प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रबीच पहिलो औपचारिक छलफल, आर्थिक सुधार र लगानी प्रवर्द्धनमा जोड

प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रबीच पहिलो औपचारिक छलफल, आर्थिक सुधार र लगानी प्रवर्द्धनमा जोड


  • बुधबार, असार २४ २०८३
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलो पटक औपचारिक भेटवार्ता गरेका छन्। देशको अर्थतन्त्रलाई चलायमान, लगानीमैत्री र सशक्त बनाउने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उद्योग, व्यापार, लगानी तथा आर्थिक सुधारका विविध विषयमा व्यापक संवाद भएको हो।

    छलफलका क्रममा प्रधानमन्त्री शाहले आर्थिक विकास, उत्पादन वृद्धि, लगानी विस्तार तथा रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। साथै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताए।

    बैठकमा सहभागी राजेशकुमार अग्रवाल ले राजस्व नीति, शेयर बजार, एमआरपी (अधिकतम खुद्रा मूल्य) लगायतका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको जानकारी दिए। उनका अनुसार व्यवसायीलाई तर्साउने वा अनावश्यक धरपकड गर्ने सरकारको कुनै नीति नरहेको र कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्न सरकार सदैव सकारात्मक रहेको सन्देश प्रधानमन्त्रीले दिएका छन्।

    निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादको आवश्यकता औंल्याउँदै विभिन्न सुझाव प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाहले ती सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका काम अघि बढाइने स्पष्ट पारे।

    छलफलमा पुँजी बजारलाई थप चलायमान, पारदर्शी तथा वास्तविक लगानीकर्तामैत्री बनाउने विषयले पनि विशेष प्राथमिकता पायो। शेयर बजारको लागत न्यूनीकरण, विगतका मौद्रिक नीतिको प्रभावको समीक्षा तथा बजारमा देखिने अनावश्यक सट्टेबाजी (स्पेकुलेसन) नियन्त्रण गर्ने विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ।

    बैठकमा अञ्जन श्रेष्ठ, उज्ज्वलकुमार श्रेष्ठ, राजेशकुमार अग्रवाल, डा. घनश्याम ओझा, कमलेशकुमार अग्रवाल तथा विदुषी राणा लगायत निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page