काठमाडौं — अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखाले आइतबार परिपत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कर्मचारीलाई नियमित रूपमा कार्यस्थलमा उपस्थित रहन निर्देशन दिएको हो।
परिपत्रमा विपद्को अवधिभर कर्मचारीले कार्यालय नछोडी आफ्नो जिम्मेवारीमा सक्रिय रहनुपर्ने उल्लेख छ। हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर तत्काल सम्बन्धित कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले स्थानीय तहलाई विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत व्यवस्थापन, क्षतिको विवरण संकलन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार र संघीय निकायसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ।
यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरेपछि मात्र कार्यालय छाड्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मनसुन सक्रिय भएसँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेको अवस्थामा जनतालाई प्रभावकारी सेवा प्रवाह, राहत तथा उद्धार कार्यलाई चुस्त बनाउन उक्त निर्देशन जारी गरिएको हो।

Screenshot
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग