काठमाडौं । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ।
विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्दै वार्षिकोत्सवको उद्घाटन गरे।
कार्यक्रममा लामो समयदेखि सेवा गर्दै आएका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।
उपकुलपति प्रा.डा. भेला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, हालसम्मको प्रगति तथा भावी योजनाबारे जानकारी दिँदै उत्कृष्ट शिक्षा, गुणस्तरीय अनुसन्धान र नवप्रवर्तनमार्फत त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
वि.सं. २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत हाल पाँच अध्ययन संस्थान, चार संकाय, ४० केन्द्रीय विभाग, ६४ आंगिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस तथा चार अध्ययन केन्द्र सञ्चालनमा छन्।
विश्वविद्यालयमा हाल करिब पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन्।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो