काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयन, वित्तीय क्षेत्रको भूमिका तथा वर्तमान वित्तीय बजारको अवस्थाबारे विस्तृत छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार बजेटमा समेटिएका आर्थिक सुधारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रको भूमिका, निजी क्षेत्रको लगानी प्रवर्द्धन, कर्जा प्रवाह तथा समग्र वित्तीय प्रणालीका समसामयिक विषयमा सिइओहरूसँग सुझाव र धारणा आदानप्रदान गरिनेछ।
छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने अर्थ मन्त्रालयले जनाएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान