काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयन, वित्तीय क्षेत्रको भूमिका तथा वर्तमान वित्तीय बजारको अवस्थाबारे विस्तृत छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार बजेटमा समेटिएका आर्थिक सुधारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रको भूमिका, निजी क्षेत्रको लगानी प्रवर्द्धन, कर्जा प्रवाह तथा समग्र वित्तीय प्रणालीका समसामयिक विषयमा सिइओहरूसँग सुझाव र धारणा आदानप्रदान गरिनेछ।
छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने अर्थ मन्त्रालयले जनाएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक