logo

शनिबार, साउन १० २०८२

kantipurpationlinetv

२०८२ साउन १० शनिबार

रविको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन

रविको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन


  • बिहिबार, साउन ८ २०८२
  • 6.2K
    SHARES

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको समर्थनमा सुरु गरिएको हस्ताक्षर अभियानमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको छ। पार्टीले घरदैलो र भर्चुअल माध्यमबाट सङ्कलन गरिएको हस्ताक्षर संख्या सार्वजनिक गरेको हो।

    रास्वपाका अनुसार असार ७ गतेदेखि सुरु गरिएको अभियानमा देशभरका ७७ वटै जिल्लाबाट हस्ताक्षर सङ्कलन गरिएको छ। भौतिक रूपमा १९ लाखभन्दा बढी हस्ताक्षर प्राप्त भएको जनाउँदै पार्टीले भर्चुअल माध्यममार्फत ७ लाख ९० हजार २३० हस्ताक्षर संकलन गरिएको दाबी गरेको छ।

    प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा धेरै—६ लाख ३९ हजारभन्दा बढी हस्ताक्षर परेका छन्। त्यसपछि गण्डकीमा ४ लाख ३९ हजार, लुम्बिनीमा २ लाख ३६ हजार, कोशीमा १ लाख ६६ हजार, सुदूरपश्चिममा ९४ हजार, कर्णालीमा ४३ हजार र मधेशमा २० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको पार्टीले जनाएको छ।

    रास्वपाले हस्ताक्षर अभियानलाई जनभावनाको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै आएको छ। ‘यो कुनै कानुनी प्रक्रिया होइन, रवि लामिछानेमाथि जनताको विश्वास कायमै छ भन्ने देखाउने माध्यम हो,’ रास्वपाका एक नेताले कान्तिपुरसँग भने, ‘जनताको समर्थन यथावत् छ भन्ने प्रमाणित गर्न हामी अभियानमा जुटेका हौं।’

    यस अभियानमा पूर्वन्यायाधीशदेखि कलाकार, बुद्धिजीवी र आम सर्वसाधारणसम्मको सहभागिता देखिएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी, कलाकार रामचन्द्र अधिकारी, खगेन्द्र लामिछाने, अशोक शर्मा, खेम सेन्चुरीलगायतले हस्ताक्षर गर्दै रविप्रतिको समर्थन जनाएका छन्।

    यद्यपि, अभियानसँगै केही विवाद पनि उत्पन्न भएका छन्। एक प्रहरी नायब निरीक्षक (सई) ले हस्ताक्षर गरेको तस्बिर सार्वजनिक भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको छ। गृह मन्त्रालयले घटनाको छानबिन थालेको छ।

    रास्वपाले अब हस्ताक्षर अभियानपछि ‘जनताको समर्थनमा न्यायको पक्षमा’ भन्दै अन्य कार्यक्रम पनि अघि बढाउने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार अभियानको निष्कर्षसहित एउटा समग्र प्रतिवेदन तयार पार्ने र त्यसलाई सार्वजनिक बहसको विषय बनाउने योजना रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech