logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध छ : ओली

आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध छ : ओली


  • आइतबार, साउन ३१ २०८३
  • 63
    SHARES

    इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारका विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

    इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा आजदेखि सुरु भएको एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध रहेको बताए।

    “आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ,” ओलीले भने, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ।”

    एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा वकालत गर्दै आएको दाबी गर्दै ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा अघि बढ्नुपर्ने बताए।

    उनले मुलुकको विविधतालाई सम्मान गर्दै सबै समुदायबीच आपसी सद्भाव र सहकार्य कायम गर्नुपर्नेमा जोड दिए।

    बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सांगठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिका सवाल तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page