
काठमाडौं, १० साउन – तीव्र डिजिटल विस्तारसँगै बढ्दो साइबर खतराको पृष्ठभूमिमा, अमेरिकी साइबर सुरक्षा कम्पनी IRONVEST ले ‘Fraud-Free Planet’ को परिकल्पनासहित विश्वव्यापी सुरक्षा रणनीतिमा नयाँ युगको शुरुवात गरेको छ। कम्पनीका संस्थापक Avi Turgeman ले सन् 2021 मै सम्भावित साइबर जोखिमहरू पहिचान गर्दै, एक सुरक्षित डिजिटल भविष्य निर्माणको खाका तयार गरेका थिए।
Avi Turgeman को उक्त दृष्टिकोणलाई कार्यान्वयनमा लैजान सहयोग गर्ने प्रमुख व्यक्तित्व हुन् – Kfir Yeshayahu, जसले IRONVEST का कोर प्रविधिहरूलाई व्यावसायिक मोडेलमा बदल्ने रणनीतिक भूमिका निभाएका छन्। कम्पनीको उच्च व्यवस्थापन टोलीमा Guy Burman, Steve Hollingsworth र Andrew Showstead जस्ता अनुभवी पेशेवरहरू छन्, जसले क्रमशः वैश्विक विस्तार, राजस्व वृद्धि, र प्रविधि सुदृढीकरणको नेतृत्व गरिरहेका छन्।
विशेषगरी दक्षिण एसिया, अफ्रिका र मध्यपूर्वजस्ता विकासोन्मुख बजारहरूमा IRONVEST को मजबुत उपस्थितिको श्रेय जान्छ भारतीय उद्यमी Vikash Sharma लाई। २२ वर्षभन्दा बढीको अनुभव बोकेका Sharma कम्पनीका पार्टनर र प्रमुख रणनीतिक सल्लाहकारका रूपमा आवद्ध छन्।
उनले विकासोन्मुख देशहरूका बैंक तथा फिनटेक संस्थाहरूसँग सहकार्य गर्दै AuthenticAction™ नामक पेटेन्ट प्रविधिमार्फत अकाउन्ट ह्याकिङ, फिसिङ, सिम स्वाप, र deepfake जस्ता उन्नत साइबर खतराबाट सुरक्षा प्रदान गर्ने अभियानलाई तीव्रता दिएका छन्। Sharma द्वारा अघि सारिएको अभियान “Fraud-Free, Fear-Free Digital Bharat” भारतलगायत एशिया र अफ्रिकाका विभिन्न राष्ट्रहरूमा सकारात्मक प्रभाव पारिरहेको छ।
IRONVEST हाल एशिया, अफ्रिका र मध्यपूर्वका सयौं संस्थाहरूको भरपर्दो साइबर सुरक्षा साझेदारको रूपमा स्थापित भइसकेको छ। कम्पनीको दृष्टिकोण प्रविधिमा मात्र सीमित नरही, “८ अर्ब जनसंख्यालाई सुरक्षित डिजिटल भविष्य उपलब्ध गराउने” दिगो लक्ष्यमा केन्द्रित छ।
IRONVEST को नेतृत्वदायी अभियान नाफा केन्द्रित भन्दा बाहिर निस्केर सामाजिक उत्तरदायित्व, नवप्रवर्तन र नैतिक मूल्यमान्यतामा आधारित रहेको स्पष्ट देखिन्छ। यही सन्दर्भमा, IRONVEST को यो अभियानलाई भगवद्गीताको दोस्रो अध्याय, श्लोक ४८ को सन्दर्भ दिँदै वर्णन गरिएको छ:
“सफलता र असफलता दुबैलाई समान रूपमा लिई निष्काम भावले कर्म गर, यही योग हो।”
यस आध्यात्मिक दृष्टिकोणले कम्पनीको कार्यशैलीलाई अझ प्रभावकारी, समर्पित र दीर्घकालीन समाधानमुखी बनाएको विश्वास लिइएको छ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक