logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने


  • बिहिबार, भाद्र २५ २०८३
  • 10.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६, १७ र १८ गते गर्ने भनिएको महाधिवेशन विशेष परिस्थितिका कारण उक्त मितिमा सम्पन्न गर्न नसकिने भएपछि नयाँ मिति तय गरिएको हो ।

    प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार २०८३ भदौ २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन २०८३ साल असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ ।

    यसअघि प्रतिष्ठानको पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय भएको थियो । विशेष परिस्थितिका कारण निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि मिति सारिएको अध्यक्ष थापा मगरले जानकारी दिइन् ।

    प्रतिष्ठानले मिति परिवर्तनका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसँग क्षमायाचना गर्दै महाधिवेशन सफल बनाउन प्राप्त निरन्तर सहयोग, साथ र सहकार्यका लागि धन्यवादसमेत व्यक्त गरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page