logo

मंगलबार, असोज १३ २०८३

kantipurpationlinetv

२०८३ असोज १३ मंगलबार

झापा–१ बाट विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित

झापा–१ बाट विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित


  • मंगलबार, असोज १३ २०८३
  • 98
    SHARES

    झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट पार्टीका उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

    खुलातर्फ भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गरेका छन् । झापा–१ मा महाधिवेशन प्रतिनिधि चयनका लागि ७१० मतदाता रहेका थिए । तीमध्ये शर्माले सबैभन्दा धेरै मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

    खुलातर्फ शर्मासँगै केशवराज पाण्डे, नारायण गिरी, भुपु राई, अर्जुन राई, प्रेम सम्बाहाङ्फे, गोपाल तामाङ, पुष्पराज पौडेल, टेकबहादुर लिम्बु र लोकराज ढकाल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    कांग्रेसको १५औँ महाधिवेशनका लागि अहिले विभिन्न निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भइरहेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page