logo

मंगलबार, कार्तिक ११ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक ११ मंगलबार

आँबुखैरेनी गाउँपालिकाद्वारा छात्रवृत्तिका लागि आवेदन आह्वान

आँबुखैरेनी गाउँपालिकाद्वारा छात्रवृत्तिका लागि आवेदन आह्वान


  • मंगलबार, कार्तिक ११ २०८३
  • 0.8K
    SHARES

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।

    गाउँपालिकाले गत कार्तिक ९ गते सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोबास गरी सामुदायिक विद्यालय तथा कलेजमा नियमित अध्ययनरत योग्य विद्यार्थीबाट आवेदन माग गरेको हो। छात्रवृत्तिमा आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला तथा अपाङ्गता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।

    छात्रवृत्तिका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने कागजात, अध्ययनरत शैक्षिक संस्थाको परिचयपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र तथा मार्कसिट, पासपोर्ट साइजका दुई प्रति फोटो, अभिभावकको नागरिकता र आर्थिक अवस्था पुष्टि गर्ने कागजात पेस गर्नुपर्नेछ।

    गाउँपालिकाका अनुसार आवेदन दिने अन्तिम मिति २०८३ साल मंसिर ५ गते कार्यालय समयसम्म तोकिएको छ। तोकिएको समयपछि प्राप्त हुने वा आवश्यक कागजात अपुग भएका निवेदनमाथि कारबाही नगरिने सूचनामा उल्लेख छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page