काठमाडौं । लभी हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित रेस्टुरेन्ट चेन जिग्री सेकुवाले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ तथा हालसम्मकै ठूलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ । आगामी मंसिर २ गते विशेष समारोहबीच नयाँ आउटलेटको ग्रान्ड ओपनिङ गर्न लागिएको हो ।
उद्घाटनको अवसरमा रेस्टुरेन्टले ग्राहकका लागि विशेष अफरसमेत सार्वजनिक गरेको छ । उद्घाटनका दिन आउने पहिलो १०० जना ग्राहकलाई निःशुल्क बियर र कुल १०० केजी सेकुवा वितरण गरिने सञ्चालक पक्षले जनाएको छ ।
कोरोना महामारी र आर्थिक मन्दीको समयमा सस्तो मूल्यमा पेटभरि खान पाइने ठाउँको अवधारणासहित जिग्री सेकुवाको सुरुवात गरिएको थियो । लभी गार्डेनका सञ्चालकसमेत रहेका सुदर्शन पौडेलले सामान्य ग्राहकले पनि सहजै खान सक्ने मूल्यमा मौलिक स्वादको सेकुवा उपलब्ध गराउने उद्देश्यले यो ब्रान्ड स्थापना गरेका थिए । गाउँघरका छाप्रोदेखि विभिन्न स्थानसम्म पुगेर सेकुवाको मौलिक स्वाद र मसलाबारे अध्ययन गरेपछि उनले व्यवसायलाई अघि बढाएका थिए ।
सुरुवाती अवधारणाबाट विस्तार हुँदै गएको जिग्री सेकुवाले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको छ । प्रभावकारी व्यवस्थापन, खानाको स्वाद, आतिथ्यता र बजार प्रवर्द्धनलाई ब्रान्ड विस्तारको मुख्य आधार मानिएको छ । हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यसका नौवटा आउटलेट सञ्चालनमा छन् भने धुम्बाराहीको नयाँ आउटलेट १०औँ हुनेछ ।
धुम्बाराहीस्थित नयाँ आउटलेट युवा लगानीकर्ता तथा फ्रेन्चाइजी सञ्चालक सुजन बानियाँको लगानीमा सञ्चालनमा आउन लागेको हो । सेयर बजारमा सक्रिय बानियाँले लभी हस्पिटालिटी ग्रुपसँगको सहकार्यमा नयाँ आउटलेट तयार पारेका हुन् ।
नयाँ आउटलेटमा जिग्री सेकुवाका लोकप्रिय परिकारसँगै भारतीय तथा इटालियन खानाका विविध परिकारसमेत उपलब्ध हुनेछन् । यससँगै सेकुवामा केन्द्रित जिग्रीको पहिचानलाई फराकिलो रेस्टुरेन्ट सेवाका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
नयाँ आउटलेटको अर्को विशेषता प्रिमियम वातावरणमा सुलभ मूल्यमा खाना उपलब्ध गराउने अवधारणा हो । आकर्षक इन्टेरियर, आधुनिक डिजाइन र सुविधासम्पन्न संरचना तयार पारिए पनि परिकार तथा पेय पदार्थको मूल्यमा जिग्रीको पुरानै एमआरपी अवधारणालाई निरन्तरता दिइने सञ्चालक पक्षले जनाएको छ ।
नयाँ आउटलेट सञ्चालनमा आएसँगै जिग्री सेकुवाको सेवा विस्तार हुनुका साथै धुम्बाराही क्षेत्रमा खानाका पारखीका लागि थप एउटा विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग