गोरखा: गोरखा नगरपालिका–३, नारेश्वरस्थित बेनीखोलामा निर्माण गरिएको कृत्रिम तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ। तालमा डुङ्गा सञ्चालनका लागि आवश्यक डुङ्गा तयार भइरहेको नगरप्रमुख कृष्ण राना मगरले जानकारी दिएका छन्।
स्थानीय पर्यटन प्रवर्द्धन र समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको उक्त तालमा डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको ताल निर्माणमा ७० लाख रुपैयाँ लगानी गरिएको थियो। तालको लम्बाइ २१३ मिटर र चौडाइ ९३ मिटर रहेको छ।
सिँचाइ, मत्स्यपालन र पर्यटन प्रवर्द्धनलाई एकीकृत गर्ने उद्देश्यले निर्माण गरिएको तालले स्थानीय कुमाल समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ताल आसपासको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार होमस्टे सञ्चालनसमेत गरिएको छ। स्थानीय संस्कृति, रहनसहन र प्राकृतिक वातावरणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ।
डुङ्गा सञ्चालनमा आएपछि बेनीखोला क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण बन्ने र यसले स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने