logo

शुक्रबार, मंसिर ५ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ५ शुक्रबार

आरुघाट गाउँपालिकाबाटै प्यान दर्ता सेवा सुरु

आरुघाट गाउँपालिकाबाटै प्यान दर्ता सेवा सुरु


  • शुक्रबार, मंसिर ५ २०८३
  • 0.7K
    SHARES

    गोरखा । आरुघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर (प्यान) दर्तासम्बन्धी सेवा सुरु गरेको छ।

    यसअघि आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएको व्यक्तिगत तथा व्यावसायिक प्यान दर्तासम्बन्धी सेवा अब आरुघाट गाउँ कार्यपालिकाको कार्यालयबाटै उपलब्ध हुने भएको हो।

    गाउँपालिकाका अनुसार अब करदाता दर्तासम्बन्धी कार्य नियमित रूपमा गाउँपालिकाबाटै सञ्चालन हुनेछ।

    यसअघि प्यान दर्ता तथा करसम्बन्धी अन्य कामका लागि आरुघाट क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारण सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता थियो। गाउँपालिकाबाटै सेवा सुरु भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।

    विशेषगरी नयाँ व्यवसाय सञ्चालन गर्न चाहने, व्यक्तिगत प्यान लिनुपर्ने तथा करदाता दर्तासम्बन्धी काम गर्नुपर्ने नागरिकले अब आफ्नै पालिकाबाट सेवा लिन सक्नेछन्।

    गाउँपालिकाले सेवाको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाइएको जनाउँदै आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

    स्थानीय तहमै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नागरिकलाई सहजता हुनुका साथै करदाता दर्ताको दायरा विस्तारमा समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page