काठमाडौं: काठमाडौंको कोटेश्वरस्थित ह्याङ्गआउट लाउन्ज एण्ड क्लबमा चर्चित गायक राजनराज शिवाकोटी र मोडल सञ्चिता बोलाखेको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। लाइभ कन्सर्टको शैलीमा आयोजना हुन लागेको कार्यक्रममा स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने क्लबका सञ्चालक आशिष खड्काले जनाएको छन् ।
साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रममा शिवाकोटी र बोलाखेसँगै स्थानीय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्। कार्यक्रममा दर्शक तथा पाहुनाको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको सञ्चालक खड्काले बताएका छन्। कार्यक्रमलाई गोरखा ब्रुअरी र एक्सट्रिम इनर्जी ड्रिंक्सले प्रायोजन गरेका छन्। यसअघि पनि ह्याङ्गआउट लाउन्ज एण्ड क्लबमा चर्चित अभिनेता पल शाह र कलाकार एलिना रायमाझीले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।
कोटेश्वरस्थित स्टेट सिटी टावरको दोस्रो तलामा रहेको क्लबले सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनका पारखीलाई लक्षित गर्दै आएको छ। आगामी कार्यक्रमले राजधानीको सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिमा थप आकर्षण थप्ने अपेक्षा गरिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न