logo

आइतबार, भाद्र २८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २८ आइतबार

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड


  • सोमबार, साउन १२ २०८२
  • 9.6K
    SHARES

    काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ।

    उक्त अवार्ड उनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। ‘हामी नेपाली ग्लोबल’ संस्थाद्वारा प्रदान गरिने यस पुरस्कारले समाजमा उल्लेखनीय योगदान गर्ने नेपाली व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्य राखेको छ।

    कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान, विशेष गरी लोडसेडिङ अन्त्य तथा संस्थागत सुधारमा खेलेको भूमिकाको कदरस्वरूप उनलाई यो अवार्ड दिइएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page