logo

सोमबार, चैत्र ८ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ८ सोमबार

नेपाल फर्कन चाहने नेपालीलाई दोहास्थित दूतावासको सूचना

नेपाल फर्कन चाहने नेपालीलाई दोहास्थित दूतावासको सूचना


  • आइतबार, फाल्गुन ३० २०८२
  • 1.1K
    SHARES

    काठमाडौं: दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन अनुरोध गरेको छ।

    दूतावासले सूचना जारी गर्दै नेपाल फर्कन चाहने नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो।

    मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ।

    थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले उल्लेख गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech