काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक विचार मात्र राख्न निर्देशन दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै उनले आफूलाई मन लागेको कुरा बोल्न नपाइने स्पष्ट पारे। ‘पार्टीका विचार त्यहाँ बोल्नुपर्छ, पार्टीले देशको विचार अघि बढाएको छ,’ उनले भने, ‘तीभन्दा बाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन।’
ओलीले पार्टीले संसदीय भूमिका प्रभावकारी रूपमा अगाडि बढाउने पनि बताए। उनले भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने जिम्मेवारीमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
पार्टीभित्र एकता कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै उनले प्रतिकूल अवस्थामा आन्तरिक विवाद निकाल्नु उपयुक्त नहुने बताए। ‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन,’ उनले भने।
अध्यक्ष ओलीले अनुशासनमा रहेर संसदीय गतिविधि सञ्चालन गर्न आग्रह गर्दै भने, ‘संसद् पार्टीका नीति निर्णयअनुसार चल्नुपर्छ, हामी आफूखुसी डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ।’
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा