काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण रहेको टिप्पणी गरेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सार्वजनिक प्रतिवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिँदै भदौ २३ को घटनामा ध्यान दिइए पनि भदौ २४ को घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको बताएका छन्।
‘यो प्रारम्भिक प्रतिक्रिया हो। प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखियो। भदौ २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएको छ। हामी प्रतिवेदनको थप अध्ययन गर्नेछौँ र कानुनविदहरूसँग पनि छलफल गर्नेछौँ,’ चालिसेले भने।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रतिवेदनहरूको विस्तृत अध्ययनपछि मात्रै पार्टीको थप धारणा सार्वजनिक गरिने जानकारी दिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण