logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

रुवी भ्यालीमा “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” सुरु

रुवी भ्यालीमा “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” सुरु


  • बिहिबार, बैशाख ३ २०८३
  • 1.8K
    SHARES

    धादिङ: रुवी भ्याली गाउँपालिकामा “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२” को उद्घाटन समारोह कार्यक्रम सुरु भएको छ । गाउँपालिका अध्यक्ष रामसिंह तामाङको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
    उद्घाटन समारोहमा बोल्दै अध्यक्ष तामाङले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले अनुशासन, प्रतिस्पर्धा र सहकार्यको भावना विकास गर्ने उल्लेख गरे। उनले रुवी भ्यालीका खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै गाउँपालिकाको नाम उच्च राख्न आग्रह गरे ।
    वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता वडा नं. ५ लापा ठूलो गाउँमा आयोजना गरिएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page