काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको हो।
गोरखा क्षेत्र नं. २ बाट निर्वाचित बुर्लाकोटी रास्वपाका महामन्त्री समेत हुन्।
त्यस्तै, पार्टीले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ। परियार र धिताल दुवै रास्वपाका केन्द्रीय सदस्य हुन्।
उनीहरू दुवैजना समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी