logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

सर्वोच्च अदालतको फैसला: गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता, रिट खारेज

सर्वोच्च अदालतको फैसला: गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता, रिट खारेज


  • शुक्रबार, बैशाख ४ २०८३
  • 2.6K
    SHARES

    काठमाडौं — नेपाली कांग्रेसको आधिकारिता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको पक्षमा फैसला गरेको छ।

    न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति तथा निर्वाचन आयोगको निर्णयलाई वैध ठहर गर्दै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको हो।

    देउवा र खड्काले निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता दिएको निर्णय तथा विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

    सर्वोच्चले उक्त रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको जनाइएको छ।

    यस निर्णयपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टी सञ्चालनमा थप वैधानिक स्पष्टता र सहजता मिल्ने बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page