गोरखा — बरपाक सुलिकोट गाउँपालिका–६ बहाकोटमा मनासलु युवा क्लब बहाकोटको आयोजनामा सम्पन्न ५औं मनासलु कप फुटबल प्रतियोगिताको उपाधि स्वारा जागरण युवा क्लब (स्वारा) ले जितेको छ।
“स्वास्थ्य, मित्रता र राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिताको फाइनल खेलमा स्वारा जागरण युवा क्लबले जनसाहारा युवा क्लब (देउराली) लाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
फाइनल खेल प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणहरूमा स्वारा जागरण युवा क्लबले खेलमा पकड बनाउँदै जित हासिल गरेको आयोजकले जनाएको छ।
उपाधिसँगै स्वारा जागरण युवा क्लबले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जनसाहारा युवा क्लब (देउराली) ले ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलपछि आयोजित समापन समारोह गोरखा जिल्ला खेलकुद परिषदका अध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा विभिन्न अतिथि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलप्रेमी तथा दर्शकहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा क्लबका अध्यक्ष पवन गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए। उनले खेलकुदले युवाहरूबीच आपसी मित्रता, अनुशासन र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ नवराज मगर (स्वारा) उत्कृष्ट गोलरक्षक घोषित भए। सुसान्त थापा मगर (स्वारा) सर्वाधिक गोलकर्ता बने भने सुमित लामा गुरुङ (देउराली) उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सहयोगी दाता, स्वयंसेवक, सुरक्षाकर्मी, रेफ्री तथा दर्शकप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी