गोरखा — गोरखामा सम्पन्न दोस्रो अन्तरपालिका उप–मेयर महिला भलिबल प्रतियोगिताको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नीलकण्ठले गोरखाको सहिद लखन गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगिताको फाइनलमा प्रभावशाली प्रदर्शन गर्दै नीलकण्ठले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै सहज जित निकाल्यो। उपाधि जितेसँगै नीलकण्ठ नगरपालिकाले नगद रु १ लाख ३४ हजार ८ सय १४ पुरस्कार प्राप्त गरेको छ।
दोस्रो स्थान हासिल गरेको सहिद लखन गाउँपालिकाले रु ६८ हजार १ सय ४८ प्राप्त गरेको छ। तेस्रो स्थान बारपाक सुलिकोट गाउँपालिकाले हासिल गरेको छ भने चौथो स्थान आरुघाट गाउँपालिका भएको आयोजक गोरखा नगरपालिकाका खेल संयोजक प्रदीप कुँवरले जानकारी दिए। तेस्रो स्थानले रु ४० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु २० हजार पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा गोरखा नगरपालिका, आरुघाट, अजिरकोट, सहिद लखन, बारपाक सुलिकोट गाउँपालिका र धादिङको नीलकण्ठ नगरपालिका गरी कुल ६ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको पुरस्कार वितरण गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, उपप्रमुख मसली माया थोकर लगायतले गरेका थिए।
कार्यक्रमकी सभापति तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले विजेता, उपविजेता तथा सम्पूर्ण सहभागी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतियोगिताले महिला खेलाडीहरूको सीप विकास, आत्मविश्वास अभिवृद्धि र खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, संघ–संस्था तथा पत्रकारहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जानकारी दिइन्।
प्रतियोगिताले स्थानीय तहबीच आपसी प्रतिस्पर्धा र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी