logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

विद्यार्थी आन्दोलन कमजोर पार्ने प्रयास सफल हुन नदिने ऐन महरको चेतावनी

विद्यार्थी आन्दोलन कमजोर पार्ने प्रयास सफल हुन नदिने ऐन महरको चेतावनी


  • आइतबार, बैशाख ६ २०८३
  • 2.4K
    SHARES

    काठमाडौं, वैशाख ६ — नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने कुनै पनि प्रयास सफल हुन नदिने बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको उल्लेख गरे। साथै विद्यार्थी संगठन खारेज गर्ने कुरा ‘बेतुका’ भएको टिप्पणी गरे।

    महरले वर्तमान सरकारलाई राष्ट्रियता र स्वाधीनताप्रति संवेदनशील नभएको आरोप पनि लगाए। उनले सरकारको शासकीय सुधारसम्बन्धी प्रस्तावको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै आपत्ति जनाए।

    उनले विद्यार्थी नेतृत्वलाई आन्दोलनलाई थप सशक्त बनाउन आग्रह गर्दै आवश्यकता परे सांसदको भूमिका छोडेर सडकमा आउन तयार रहेको समेत बताए।

    त्यसैगरी उनले संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डा बनाउन सुझाव दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page