काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनु हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा हुनुहुन्छ । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वर्ल्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट भाग लिनुभएको थियो । उहाँलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।
यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुवइ आयोजना भएको मेन्स वल्र्ड बक्सिङ् च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । ५४ के. जी. तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटर फाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गर्नुभएको थियो ।

सम्मान अवसरमा खेलका प्रशिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो ।
सम्मानपछि बोल्दै सामाजिक समितिका संयोजक के. सी. ले, खेलाडीहरुको मनोवल उच्च बनाउने महानगरपालिकाले लगानी बढाउँदै लैजाने बताउनुभयो । ‘खेलाडीहरुले देशकै नाम राख्नुभएको छ । उहाँहरुलाई लक्ष्यमा पुग्न हामी सहयोग गर्छौँ ।’ के. सी. को भनाइ थियो ।
त्यस अवसरमा प्रशिक्षक र खेलाडीहरुले, महानगरपालिकाले खेल क्षेत्रबाट गरेको अपेक्षा पूरा गराउन आफूहरु मिहनेत गर्न प्रोत्साहित भएको बताउनुभएको थियो ।
त्यस अवसरमा प्रशिक्षक र खेलाडीहरुले, महानगरपालिकाले खेल क्षेत्रबाट गरेको अपेक्षा पूरा गराउन आफूहरु मिहनेत गर्न प्रोत्साहित भएको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, कार्यपालिका सदस्यहरु महेश नेपाली र ललिता खड्गी सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण