काठमाडौँ — तिलिचो तालमा आयोजित महिला रेस्लिङ म्याच ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’मा समावेश भएको छ। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा ४,९१९ मिटर उचाइमा सम्पन्न उक्त प्रतियोगिताले विश्वकै अग्लो स्थानमा आयोजित महिला रेस्लिङको कीर्तिमान कायम गरेको हो।
गत नोभेम्बर २६ मा सम्पन्न सो प्रतिस्पर्धामा नेपालकी भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) विरुद्ध प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा नेपाली खेलाडी भगवती र अस्मिता विजयी भएका थिए।
उक्त उपलब्धिको कदरस्वरूप पूर्व उपसभामुख इन्दिरा राना मगरले खेलाडीहरूलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को प्रमाणपत्र प्रदान गरेकी थिइन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती खड्का अध्यक्ष तथा अस्मिता सुनार कोषाध्यक्षको भूमिकामा कार्यरत छन्।
यसअघि पनि फाउन्डेसनले विश्वकै उच्च स्थानमा रेस्लिङ खेल्ने उद्देश्यसहित सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थर (५,६३३ मिटर) मा मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो। ‘एभरेस्ट दिवस’को अवसरमा सम्पन्न उक्त खेलमा भगवती खड्काले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् भने अस्मिता सुनारले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
फाउन्डेसनका अनुसार तिलिचो तालमा आयोजित यो ऐतिहासिक रेस्लिङले नेपाली महिला रेस्लिङको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै मनाङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने