लमजुङ। मर्स्याङ्दी करिडोर, गण्डकी प्रदेशको Socio-Economic Tour कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (SOMTU) अन्तर्गत एमबीए–आईटी कार्यक्रमका १६ जना विद्यार्थी तथा संकाय सदस्य सुभाष न्यौपानेले बेसीशहर नगरपालिका कार्यालयको अध्ययन अवलोकन भ्रमण गरेका छन्।
कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सहभागी विद्यार्थी तथा संकाय सदस्यलाई स्वागत गर्दै बेसीशहर नगरपालिकाको समग्र कार्यप्रणाली, सेवा प्रवाह तथा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोगबारे जानकारी गराउनुभएको थियो।
त्यसपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित शाखाका कर्मचारीहरूसँग स्थानीय तहमा सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा प्रवाह, सूचना व्यवस्थापन तथा नगरपालिकाबाट प्रवाह हुने विभिन्न सेवामा ICT को कार्यान्वयन सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारको डिजिटल सुशासन, सूचना प्रविधिको उपयोग तथा सार्वजनिक सेवा प्रवाह प्रणालीबारे जिज्ञासा राखेका थिए।
बेसीशहर नगरपालिकाले अध्ययन भ्रमणका क्रममा प्राप्त सुझाव, प्रतिक्रिया तथा स्थानीय सरकारप्रतिको सकारात्मक चासोका लागि त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टका विद्यार्थी तथा संकाय सदस्यप्रति आभार व्यक्त गर्दै यस्ता शैक्षिक भ्रमणले स्थानीय सरकार र शैक्षिक संस्थाबीच ज्ञान, अनुभव तथा असल अभ्यास आदानप्रदानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा