गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार चालु शैक्षिक वर्षका लागि एमबीबीएस छात्रवृत्ति वितरण गर्न लागेको हो।
गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोबास भएका र एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ।
सूचनाअनुसार अन्य शैक्षिक संस्था वा निकायबाट कुनै पनि किसिमको छात्रवृत्ति प्राप्त नगरेका विद्यार्थीले मात्र आवेदन दिन पाउनेछन्।
इच्छुक विद्यार्थीले गाउँपालिकाले तोकेको ढाँचामा आवेदन फाराम भरी आवश्यक विवरणसहित २०८३ मंसिर १६ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेसालमा निवेदन पेस गर्नुपर्नेछ।
गाउँपालिकाले सम्बन्धित सबै विद्यार्थीलाई तोकिएको समयसीमाभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने