काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो आधिकारिक दृष्टिकोण भोलि सार्वजनिक गर्ने भएको छ।
पार्टीका सभापति गगन थापाले संविधान संशोधनमा कांग्रेसको धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो।
दृष्टिकोण सार्वजनिक कार्यक्रम भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने जनाइएको छ।
संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठन गरिएको विज्ञ समितिले तयार पारेको प्रतिवेदन र सुझावका आधारमा कांग्रेसले आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न लागेको हो। पार्टीले संविधान संशोधनका विषयमा आफ्नो नीति र प्राथमिकताबारे यस कार्यक्रममार्फत धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु