logo

बुधबार, साउन ६ २०८३

kantipurpationlinetv

२०८३ साउन ६ बुधबार

कांग्रेसले हराएको नैतिक अधिकार पुनःस्थापित गर्नुपर्छ : गगन थापा

कांग्रेसले हराएको नैतिक अधिकार पुनःस्थापित गर्नुपर्छ : गगन थापा


  • बुधबार, साउन ६ २०८३
  • 1.4K
    SHARES

    काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा हराउँदै गएको नैतिक अधिकार र राजनीतिक विश्वसनीयता पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

    मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै थापाले कांग्रेसको अहिलेको मुख्य चुनौती विगतको राजनीतिक हैसियत र नैतिक बल पुनः प्राप्त गर्नु रहेको बताए।

    उनले २०७२ देखि २०८२ सम्मको दशकलाई कांग्रेसका लागि आत्मसमीक्षाको समयका रूपमा व्याख्या गर्दै सिद्धान्त र मूल्य–मान्यतालाई बेवास्ता गरी सत्ता र शक्तिकेन्द्रित राजनीतिमा अल्झिँदा पार्टीले ठूलो राजनीतिक मूल्य चुकाएको बताए।

    ‘हामीले पछिल्लो दशकमा सिद्धान्तभन्दा सत्ता र मूल्यभन्दा शक्तिलाई प्राथमिकता दियौं। अब त्यो अवस्थाबाट बाहिर निस्केर कांग्रेसलाई फेरि जनविश्वासको केन्द्रमा स्थापित गर्नुपर्छ,’ थापाले भने।

    उनले कांग्रेसभित्र तल्लो तहका कार्यकर्ता र युवा पुस्ताले संस्थापक नेताहरूको विचार, आदर्श र मूल्यलाई आधार बनाएर पार्टीलाई पुनः सुदृढ बनाउने प्रयास गरिरहेको उल्लेख गरे।

    पार्टीलाई सही दिशामा अघि बढाउन प्रतिबद्ध युवा नेतृत्वलाई आफूले पूर्ण साथ र समर्थन गर्ने प्रतिबद्धता पनि थापाले व्यक्त गरे।

    पुस्तक विमोचन कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page