logo

बुधबार, भाद्र ३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ३ बुधबार

कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने

कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने


  • मंगलबार, भाद्र २ २०८३
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै व्यवस्थापनलगायतका समितिहरू गठन गर्ने निर्णय गरेको हो।

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा आवश्यकताअनुसार सदस्यहरू रहनेछन्।

    महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न व्यवस्थापन समितिले विभिन्न विषयगत उपसमितिसमेत गठन गर्ने निर्णय बैठकले गरेको छ। आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका क्षेत्रमा छुट्टाछुट्टै उपसमिति गठन गरिने कांग्रेसले जनाएको छ।

    उपसमितिहरूमा रहने संयोजक तथा सदस्यहरूको नामावली भने पछि सार्वजनिक गरिने बताइएको छ।

    कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै आवश्यक व्यवस्थापकीय तथा संगठनात्मक कामलाई तीव्रता दिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page