काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्न धनुषाका विभिन्न कृषि क्षेत्रको अनुगमन गर्दै किसानसँग प्रत्यक्ष संवाद गरेकी छन्।
मन्त्री चौधरीले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गरेकी हुन्। साथै उनले बटेश्वर गाउँपालिका–५ शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरिन्।
कृषिमन्त्री चौधरीले किसानको खेतमै पुगेर स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल तथा अन्य प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी उनकाे निजी सचिवालयले जनाएको छ।
उनले रासायनिक मलमाथिको निर्भरता क्रमशः घटाउँदै प्राङ्गारिक मलको प्रयोग विस्तार गर्न सके माटोको उर्वराशक्ति संरक्षण तथा दीर्घकालीन रूपमा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने बताइन्।
मन्त्री चौधरीले स्थानीय तह, सहकारी र किसानबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै दिगो र वातावरणमैत्री कृषि प्रणालीको विकासमा सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरिन्।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा