logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

‘बैठक बसेर देश बन्दैन, श्रमदान नै हाम्रो बैठक हो’ : हर्क साम्पाङ

‘बैठक बसेर देश बन्दैन, श्रमदान नै हाम्रो बैठक हो’ : हर्क साम्पाङ


  • मंगलबार, साउन १९ २०८३
  • 84
    SHARES

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी बैठक र भाषणभन्दा श्रमदानलाई प्राथमिकता दिने पार्टी भएको बताएका छन्।

    मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टी अन्य दलजस्तो बैठकमा अल्झिने नभई श्रममार्फत काम गर्ने पार्टी भएको दाबी गरे।

    पार्टीभित्र बैठकको माग भइरहेको भन्ने प्रश्नमा साम्पाङले, “अरू पार्टीजस्तो होइन, हामी काम गर्छौं। श्रमदान नै हाम्रो बैठक हो। बैठक बसेर देश बन्दैन। प्रत्येक शनिबार हाम्रो बैठक भइरहेकै हुन्छ,” भने।

    उनले आफू संसद्मा पनि श्रमको सन्देश बोकेर आएको उल्लेख गर्दै आलोचकहरूलाई समेत श्रमदानमा सहभागी हुन आग्रह गरे।

    यसक्रममा सामाजिक सञ्जालमा ‘क्युआर सुप्रिम’ भनेर चिनिने भीम उपाध्यायलाई भेटे सात दिनसम्म ढुङ्गा बोकाउने टिप्पणी पनि गरे। “जहाँ भए पनि ब्लक उठाउन लगाउँछु,” उनले भने।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page