काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिम समुदायबाट आए पनि हिन्दू राष्ट्रको पक्षमा उभिएको पार्टीमै रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भाटले राप्रपाले कुनै धर्मप्रति द्वेष वा हिंसा फैलाउने उद्देश्यले हिन्दू राष्ट्रको एजेन्डा नउठाएको स्पष्ट पारे।
उनले भने, ‘सबै धर्मबीच सद्भाव कायम गर्दै हामी एउटै माला नेपाली हौं। म मुस्लिमको छोरा भएर पनि हिन्दू राष्ट्रको पक्षमा उभिएको पार्टीमै छु। हाम्रो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको होइन।’
भाटले हिन्दू राष्ट्रको माग कुनै समुदायविरुद्ध नभई नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएको दाबी गरे। सबै धर्म र समुदायलाई साथमा लिएर अघि बढ्ने र राष्ट्रिय पहिचानको संरक्षणका लागि मात्रै राप्रपाले हिन्दू राष्ट्रको एजेन्डा उठाएको उनको भनाइ थियो।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन